प्रचण्डभन्दा ओली इमानदार : मणि थापा [भिडियोसहित]

काठमाडौँ । खानेपानीमन्त्री मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अघि बढ्ने बताएका छन् । उनमा राष्ट्रवाद र इमानदारिता भएकै कारण आफू ओलीसँगै रहने बताएका हुन् ।

नेपाली राजननीतिमा प्रधानमन्त्रीले मात्रै स्थायित्व ल्याउन सक्ने मन्त्री थापाको भनाई छ । ‘उहाँले राष्ट्रवाद र समृद्धीको एजेण्डालाई मुखरित गर्नुभयो,’ उनले भने, ‘सर्वाेच्च अदालतको निर्णयले फरक परिस्थिती ल्याए पनि राजनीतिक र वैचारिक एजेण्डा नै प्रमुख कुरा हो । त्यसकारण म ओलीसँगै रहन्छु ।’

थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । उनले अगाडि भने, ‘हामीले नेकपाभित्रको अन्तरसंघर्षमा केपी ओलीलाई समर्थन गरेको हो । यो राजनीतिक समर्थनलाई अदालतको फैसलाले तलमाथि गर्दैन ।’

हेर्नुस् भिडियो :-

प्रतिक्रिया