यो नेकपाको अन्तिम बैठक हुनसक्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । दाहाल–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको स्थायी कमिटी बैठक अन्तिम हुनसक्ने बताएका छन् । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

माओवादी केन्द्र र एमाले भएरै जाने भन्ने सन्दर्भमा पत्रकारहरुले राखेको प्रश्न सामना गर्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको बैठक अन्तिम बैठक हुन सक्छ । नयाँ निर्णय भयो भने बेग्लै कुरा हो । हामीले जे उद्देश्य राखेर एकता गरेका थियौँ, त्यो सही थियो भन्ने समिक्षा भएको छ । अब पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्रमा ल्याउने पहललाई जारी राख्नेछौँ ।’

प्रतिक्रिया