नविल इन्भेष्टमेन्ट बैंकिङद्वारा महिला लगानीकर्तालाई निःशुल्क सेवा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई लक्षित गरी आफूले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने वार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको जनाएको छ ।

बैंकका अनुसार योजना मार्च अन्तिमसम्म लागू हुने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताले यो सुबिधा प्राप्त गर्न सक्ने छन् ।

विभिन्न व्यवसायमा रहनु भएकाव्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावले लगानी गर्न नसकेका लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लगानीको व्यवस्थापन गर्ने काम नै लगानी व्यवस्थापन सेवा हो ।

प्रतिक्रिया