आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै बागमती र प्रदेश नं १ का केही स्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।

विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिए । उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।

अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।

प्रतिक्रिया