प्रचण्ड पुत्रीले लेखिन्- केपी ओलीको चाहना पूरा भयो

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले केपी शर्मा ओलीको चाहना पूरा भएको बताएकी छन् । सामाजिक सञ्जालमा टिप्पणी लेख्दै गंगाले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी हुन् ।

ओली समूहले पार्टी विभाजन भएकोमा खुशियाली मनाइरहेको उनको भनाई छ । ‘पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन्,’ उनले लेखेकी छिन्, ‘आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

नेपाली जनताले यसको हिसाब राख्ने उनको चेतावनी छ । प्रचण्डकी पुत्री गंगा उनको निजी सचिवालयमा कार्यरत छिन् ।

प्रतिक्रिया