टोटेनहमको जित, अर्को खेलमा लिभरपुल स्तब्ध

काठमाडौं । टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पराजित गरेको छ । घरेलु टिम टोटेनहमले आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

टोटेनहमको जितमा ग्यारेथ बेल र ह्यारी केनले समान २-२ गोल गरे । यता, क्रिस्टियन बेनटेकले क्रिस्टल प्यालेसका लागि एक गोल गरे । खेलको पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको टोटेनहमले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निकालेको हो ।

२५ औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन बेनटेकले गोल गर्दै क्रिस्टल प्यालेसलाई १-१ गोलको बराबरी दिलाए । खेलको ४९ औं मिनेटमा बेलले अर्को गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । ५२ र ७६ औं मिनेटमा केनले गोल गरेपछि भने टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

त्यस्तै, प्रिमियर लिगमै भएको अर्को खेलमा आफ्नै मैदानमा लिभरपुल फुलहामसँग पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले पछिल्लो समयमा राम्रो खेल्न सकिरहेको छैन । फुलहामका लागि मारियो लेमिनाले गोल गर्दै लिरभपुलविरुद्ध जित दिलाए ।

टोटेनहम जितसँगै लिगको छैटौं स्थानमा उक्लिएको छ । टोटेनहमको २७ खेलबाट ४५ अंक छ । पराजित क्रिस्टल प्यालेसको २८ खेलबाट ३४ अंक छ । फुलहामसँग पराजित भएको लिरभपुल आठौं स्थानमा झरेको छ । लिभरपुलको २८ खेलबाट ४३ अंक छ ।

प्रतिक्रिया