मुक्तिनाथ बैंकका ग्राहकलाई होटल सबरिनामा १० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले काठमाडौंको बूढानीलकण्ठस्थित होटल सबरिनामा विभिन्न सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूले विशेष छुट पाउनेगरी होटल सबरिनासँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले होटल सबरिनाबाट बसाइ, खाना, वेभरेज, बेकरी तथा साउनाको सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता सेवा लिनका लागि ग्राहकले बैंकमा उपस्थित नै नभई घरबाटै गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया