वर्तमान सरकारको आयु सकियो : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको आयु सकिएको बताएका छन् ।

संसद भवनबाट आइतबार साँझ बाहिरिने क्रममा अध्यक्ष नेपालले पत्रकारहरूसँग भने, ‘यो सरकारको आयु सकियो । पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने अब सरकारको आयु सकियो ।’

अध्यक्ष नेपालले नेकपा पार्टी आफूहरूले दुःख गरेर बनाएको समेत बताए ।

प्रतिक्रिया