प्रतिनिधिसभा बैठक १० मिनेटलाई स्थगित

सांसदको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

बैठकमा असहमतिका बीच संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गरिएको विरोधमा कांग्रेसका सांसदले नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

त्यसअघि सांसद भिम रावलले पनि आजको बैठकमा दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली मात्र दिएर बैठक स्थगित गर्नुपर्ने माग गरेका थिए । तर सभामुख सापकोटाले बैठक अघि बढाउने निर्णय सुनाएपछि नेकपाको प्रचण्ड-माधव पक्षले बैठक बहिष्कार गरेको थियो ।

प्रतिक्रिया