दाहाल–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । विपक्षी नेकपाले संसद बेठक बहिस्कार गरेको छ ।

बैठकको शुरुमा नै दाहाल–नेपाल समूहका सांसद भीम रावलले प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक शुरु भएकै दिन पेश गर्नुपर्ने कानूनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टीकरण दिएका थिए ।
तर, रावलले आफूहरुको विरोध रहेको बताए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि दाहाल–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।

यद्यपि, सभामुख सापकोटाले भने बैठक अघि बढारहेको छन् ।

प्रतिक्रिया