सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला अपेक्षाकृत नभएको प्रतिक्रिया दिएका छन् ।

अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको नामबाट त्यसअघि नै ऋषि कट्टेलले अर्कै पार्टी दर्ता गराइसकेकाले उनकै हुने फैसला गरेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिंहदरबारमा पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ । यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु ।’

प्रतिक्रिया