नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरू आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको भने थिएन ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने बिस्तारै अन्य डिजाइनमा फोन उपलब्ध गराउने कम्पनीले बताएको छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको जनाएको छ ।

आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुने कम्पनीले उल्लेख गरेको छ ।

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता भएकाल‍े आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ त्यसैले संसारका धेरै देशमा यसको उत्पादन हुने कम्पनीको दाबी छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् भने कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् ।

प्रतिक्रिया