सर्वोच्चको फैसला सहर्ष स्वीकार्छाैं-नेम्वाङ्ग

काठमाडौं । पूर्वएमाले नेता सुवासचन्द्र नेम्वाङ्गले सर्वोच्चको फैसला सबैले सहर्ष स्वीकार्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि मकालु खबरसँग कुरा गर्दै नेता नेम्वाङ्गले यस्तो बताएका हुन् ।

संसद पुनःस्थापनाको पक्षमा सर्वोच्चले गरेको फैसलालाई आफूहरुले सहर्ष स्वीकारेको पनि नेता नेम्वाङ्गले बताए । ‘सर्वोच्चको फैसला हामीले सहर्ष स्वीकार्छौँ,’ नेता नेम्वाङ्गले भनेका छन्, ‘अरुले पनि स्वीकार्नुपर्छ, जसरी हामीले संसद पुनःस्थापनाको पक्षमा फैसला हुँदा सहर्ष स्वीकार्यौँ ।’

यस्तै नेता नेम्वाङ्गले सम्मानित अदालतले सबैको पक्षमा फैसला गरेको बताएका छन् । ‘यो मान्ने वा नमान्ने फैसला होइन । यो सन्तुष्ट र असन्तुष्टको पक्ष होइन । हामी कानूनको शासन मान्छौँ । संविधानलाई मान्छौँ । स्वतन्त्र न्यायलय मान्छौँ । त्यसैले हामी सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार्छौँ ।’

प्रतिक्रिया