वामदेव दम्पती ओली समूहको बैठकमा नजाने

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घरैमा पुगेर अनुरोध गरेपनि नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम र श्रीमती तुलसा थापा गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार गौतम निवासमै पुगेर बैठकमा उपस्थित हुन आग्रह गरे पनि उहाँहरु बैठकमा नजाने गौतम निकट नेकपाका नेता बाबुराम थापाले मकालु खबरलाई जानकारी दिए । दुवै पक्षको बैठकमा उपस्थित नहुने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने अभियान अझ सशक्त बनाउने अडानमा गौतम कायमै रहेको थापाले बताए ।

नेकपाको ओली समूहको संसदीय दलको बैठक शनिबार दिउँसो दिउँसो २ बजेका लागि बोलाइएको छ । पार्टीभित्र बहुमत पुर्याउन नेकपाको दुवै पक्षबिच सांसद तानातानको अवस्था छ । शुक्रबार नेकपाको प्रचण्ड-दाहाल पक्षको संसदीय दलको बैठकमा १ सय ११ जना सांसद उपस्थित भएको र चारजना काठमाडौं बाहिर भएकाले उपस्थित हुन नसकेको सो पक्षले दावी गरेको छ ।

प्रतिक्रिया