ओलीले अविश्वास प्रस्ताव ल्याउन बाध्य पारे : प्रचण्ड

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । शुक्रबार संसदीय दलको बैठकबाट सर्वसम्मत दलका नेता बनेको अध्यक्ष दाहालले ओलीलाई प्रधानमन्त्री पदबाट प्रस्तावद्वारा नै हटाउने बताएका हुन् ।

ओलीले आफूहरुलाई अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारेको अध्यक्ष दाहालको तर्क छ । ‘केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि र देशको लागि पनि सहज हुन्छ,’ अध्यक्ष दाहालले भनेका छन्, ‘दिनु भएन भने संविधानअनुसार हामी संसद्बाटै समाधान खोज्छौं । उहाँले त्यही बाटो (अविश्वास प्रस्ताव) जान बाध्य पार्नुभयो । अब हामी त्यही जान्छौँ ।’

यस्तै अध्यक्ष दाहालले आफ्नो साथमा ११५ जना सांसद रहेका दाबी पनि गरेका छन् ।

प्रतिक्रिया