सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री तथा वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा विप्लव नेतृत्वको नेकपा शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको उल्लेख छ ।

पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ भने दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ता रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया