मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फ्रि एसी सर्भिस क्याम्प घाेषणा, पुराना एसी पनि साट्न सकिने

काठमाडाैं । एलजी ब्राण्डले ‘फ्रि एसी सर्भिस एवम् एक्चेन्ज क्याम्प २०२१’ घाेषणा गरेकाे छ ।

साे कार्यक्रम योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै आफ्नो पुरानो एसी साट्न समेत सक्नेछन् । साट्न चाहेमा पुरानो एसीमा उचित मूल्याङकन गर्दै कम्पनीले एलजीको उच्च गुणस्तरिय एसी प्रदान गर्नेछ ।

ग्राहकले घरमै बसि बसि साे सुविधा लिन सक्नेछन् । उक्त सुविधा लिन कार्यक्रमकाे इमेलमार्फत् रजिस्टर गराउनु पर्नेछ ।

यो योजना सिमित अवधिकोे लागि नेपाल अधिराज्यभर लागू गरिएको हाे । याेजना अवधिभर एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट समेत प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com