आमा बन्दै श्रेया घाेसाल

एजेन्सी । चर्चित भारतीय गायिका श्रेया घोसालले आफू आमा बन्न लागेको बताएकी छन् । श्रेयाले बिहीबार इन्स्टाग्राममार्फत् आफू छिट्टै आमा बन्न लागेको बताएकी हुन् ।

सन् २०१५ फेब्रुअरीमा श्रेया र शिलादित्य मुखोपाध्यायले विवाह गरेका थिए ।

श्रेयाले इन्स्टाग्राम र ट्विटरमा गर्भावस्थाको फोटो सेयर गर्दै श्रेयाले लेखेकी छन्, ‘श्रेयादित्या आउँदैछन् । आदित्य र म यो खबर सार्वजनिक गर्न पाउँदा खुसी छौँ । हाम्रो जीवनको यो नयाँ सुरुवातमा तपाईँको माया र आशीर्वादको खाँचो छ ।’ श्रेयाको पोस्टमा सेलिब्रेटी तथा उनका शुभचिन्तकहरूले बधाई दिएका छन् ।

प्रतिक्रिया