रातीको सिफ्टमा काम गर्नुहुन्छ भने अपनाउनुस् यी ८ स्वास्थ्य टिप्स

एजेन्सी । धेरैजसाे कार्यालयकाे समय १० देखि ६ बजेसम्म हुन्छ । कयाैं यस्ता कार्यालय पनि छन् जहाँ फरक फरक सिफ्टमा रातैभरी काम हुन्छन् । केही मानिसहरू त स्थायी रूपमा नै रातीकाे सिफ्टमा काम गरिरहेका हुन्छन्, जसकारण उनीहरूकाे दिनचर्या पुरै परिवर्तन हुन्छ । यसकाे सिधा असर उनीहरूकाे स्वास्थ्यमा पर्छ ।

बिहानदेखि बेलुकासम्म काम र रातमा सुत्ने हाम्राे बडी क्लक सेट रहन्छ तर रातमा काम गर्ने र दिनमा सुत्नका लागि हाम्राे शरीर तयार हुँदैन । यस्तो अवस्थामा रातीकाे शिफ्टमा काम गर्नेहरूले धेरै समस्याको सामना गर्नुपर्छ । उनीहरू फिट, ऊर्जावान र सक्रिय महसुस गर्न पाउँदैनन् । रातमा पनि सक्रिय र ऊर्जावान रहन अपनाउनुस् यी ८ स्वास्थ्य टिप्स अपनाउन सकिन्छ:

सहि पाेजिसनमा बस्नुहाेस् 

कामकाे समयमा सही पाेजिसनमा रहनु अत्यावश्यक छ । खराब बसाइले तपाईंमा धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।    एकदम सहि, सिधा पाेजिसनमा बसेर काम गर्नुपर्छ ।

अफिसमा वर्कआउट गर्नुहोस्

लामो समयसम्म एउटै ठाउँमा बस्दा पनि शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखा पर्न थाल्छन् । त्यसैले तपाईं  ब्रेक टाइममा वर्कआउट गर्ने बानी बसाल्नुहाेस्, यसले सक्रिय बनाउँछ ।

निन्द्रा पुरा गर्नुहाेस्

नाइट शिफ्टमा काम गर्नेहरूको सम्पूर्ण दिनचर्या नै परिवर्तन हुन्छ, उनीहरू दिनमा सुत्छन् । रातमा काम गर्नेहरूका लागि निन्द्रा पुरा गर्नु अत्यावश्यक छ । त्यसैले कम्तीमा ६-७ घण्टा सुत्नुहाेस् । निन्द्रा पुरा गरेमा तपाईं मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ र सक्रिय महसुस गर्न थाल्नुहुनेछ ।

इभिनिङ वाकमा जानुहाेस् 
तपाईं पूर्ण रात काम गर्नुहुन्छ भने बिहान अफिसबाट थाकेर घर आउनुहुन्छ । यस्ताेमा तपाईं शारीरिक रूपमा स्वस्थ र सक्रिय महसुस गर्न सक्नुहुन्न । स्वस्थ रहनका लागि सक्रिय हुन जरूरी छ । त्यसैले साँझ उठेपश्चात् इभिनिङ वाकमा जाने गर्नुहाेस् ।

आफैंलाई हाइड्रेट राख्नुहोस्

हुन त सबैले आफ्नो शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यद्यपी जो राती काम गर्छन् उनीहरूले धेरै मात्रामा तरल पदार्थ लिई आफूलाई हाइड्रेटेड राख्नुपर्छ । त्यसैले दिनभरमा कम्तीमा ८ देखि १० गिलास पानी पिउनुहाेस् । रातमा पनि समय-समयमा पिइरहनुहाेस् । यस्तै आफ्नेा डाइटमा फलफुल, जुस र नरिवलकाे पानी समावेश गर्दा स्वास्थ्य राम्राे हुन्छ ।

अधिक मात्रामा क्याफिन नलिनुहाेस् 

धेरैजसाे मानिसहरु आफ्नो थकान, तनाव र तनाव कम गर्न चिया, कफी पिउँछन् । बिहान काम गर्नेहरूकाे भन्दा रातीकाे शिफ्टका काम गर्नेहरूकाे तनावको स्तर अधिक हुन्छ, त्यसैले तिनीहरू रातमा धेरै पटक चिया र कफि पिउँछन् । चिया र कफीमा क्याफिन हुन्छ, जसकाे धेरै सेवन गरेमा अल्सर, एसिडिटी जस्ता समस्या देखिन्छ । यसको अधिक सेवनले पाचन प्रणालीमा पनि नराम्रो प्रभाव पार्छ ।

प्रतिक्रिया