देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेकाे पदाधिकारी बैठक बिहीबार बस्ने भएकाे छ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बाेलाएका हुन् ।

फागुन २३ गते बस्ने संसद बैठकमा पार्टीले निर्वाह गर्ने भूमिका एवम् कुन रूपमा प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ । साथै बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

कांग्रेसकाे संसदीय दलकाे बैठक पनि भाेलि बस्दैछ । केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ ।

प्रतिक्रिया