सेयर बजारमा ३९ अंकको गिरावट

काठमाडौं । नेपालको सेयर बजार परिसूचक नेप्से बुधबार ३९.२३ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २४१६ बिन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इन्डेक्स समेत ७.१२ अंकले घटेर ४३६.८० बिन्दुमा ओर्लिएको छ ।

यस दिन ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४ सय ४२ रुपैयाँमा २ सय १२ कम्पनीका १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन व्यापार र होटेल तथा पर्यटन समूहबाहेक अन्य सम्पूर्ण समूहगत सूचक ओरालो लागेका छन् । व्यापार समूहको सूचक ३०६ र्अकले बढ्दा जीवन बीमा समूह ४५२ अंकले घटेको छ ।

पछिल्लो साता नेप्से घटे पनि वा बढेपछि उकालोकै यात्रामा रहेको चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य भने १० प्रतिशत (५० रुपैयाँ)ले बढेर ५५० रुपैयाँ प्रतिकित्ता पुगेको छ । यस दिन नेशनल ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर पनि १० प्रतिशतले बढेको छ । त्यस्तै हिमालय पावर पार्टनरको सेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ । नेशनल हाइड्रोपावर, हिमाल ऊर्जा विकास, अरुण भ्याली हाइड्रो, घलेम्दी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी ८१ रुपैयाँ (६.३६ प्रतिशत)ले एसिएनलाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ । त्यस्तै, बरुण हाइड्रोको ६.०६ प्रतिशत एनटिसीको ५.७४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

एनटीसी, निफ्रा, नविल, एनआइसी एसिया, ग्लोबल आइएमई, नेपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार रकम बढी छ ।

प्रतिक्रिया