अब कोभिडलाई जितिन्छ : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले खोपको उपलब्धतासँगै अब मानिसले कोभिड १९ लाई जित्ने आशा पलाएको बताएका छन् ।

बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने क्रममा कोरोनाविरुद्धको खोप बनिसकेकाले संक्रमणलाई जित्ने आशा पलाएको बताएका हुन् ।

सभामुख सापकोटाले मानव सभ्यतालाई नै चुनौती दिइरहेको कोभिड १९ विरुद्धको खोप विकास भएर प्रयोगमा आएसँगै यसलाई जितिन्छ भन्ने लागेको बताएका छन् ।

प्रतिक्रिया