दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु
मकालु खबर
२०७७ फागुन १९ गते
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । बैठक जनसंगठनको कार्यालय, पेरिसडाँडामा बैठक चलिरहेको छ ।
स्थायी कमिटीपछि केन्द्रीय कमिटीको बैठक शुरु भएको कमिटीका सदस्य विष्णु रिजालले जानकारी दिए । कमिटीका सदस्यहरुलाई नागरिकतासहित सहभागी हुन भनिएको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले मकालु खबरलाई जानकारी दिइन् । ‘बैठकमा आगामी रणनीतिबारे नै छलफल भइरहेको हो,’ नेतृ शाक्यले भनिन् ।
बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक नेताले बताएका छन् । आगामी २३ फागुनबाट संसद्को अधिवेशन शुरु हुँदैछ । आजको बैठकले खासगरी संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
मकालु खबर
२०७७ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित