कांग्रेसले बोलायो संसदीय दलको बैठक, के हुन् एजेण्डा ?
२०७७ फागुन १९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेसले २१ फागुनको दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरलाई जानकारी दिइन् ।
आगामी २३ फागुनबाट शुरु हुने संसद् अधिवेशनसँगै अन्य समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको नेतृ भुसालले बताइन् । ‘खासगरी समसामयिक विषयमा नै छलफल गर्ने गरी बैठक डाकिएको हो,’ भुसालले भनिन्, ‘त्यसमा सभापतिले ब्रिफिङ्ग पनि गर्नुहुन्छ ।’
संसद् पुनःस्थापनापछि नयाँ सरकार निर्माणको गृहकार्य भइरहेकाले कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।
यता विपक्षी नेकपाले कांग्रेससँग सत्ता सहकार्यको प्रस्ताव गरिसकेको छ भने कांग्रेस नेताहरुले कांग्रेसले नेतृत्व पाउने अवस्थामाबाहेक सरकारमा सहभागी नहुने बताइरहेका छन् ।
२०७७ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








