एक रुपैयाँको सिक्का छाप्न साढे २ रुपैयाँ खर्च !

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न पोल्याण्डको एक कम्पनीलाई जिम्मा दिने भएको छ । राष्ट्र बैंकले सिक्का छाप्न आह्वान गरेको बोलपत्रमा भाग लिएका कम्पनी मध्ये उक्त कम्पनी छनोटमा परेपछि उसैलाई सिक्का छाप्ने जिम्मा दिन आशयपत्र सार्वजनिक गरेको छ ।

उक्त आशयपत्र अनुसार ३० करोड सिक्का छाप्न ५१ लाख १५ हजार युरोमा जिम्मा दिइने भएको छ । उक्त रकम मंगलबारको विनिमय दरअनुसार ७२ करोड ३२ लाख हुन आउँछ । यस हिसाबले १ रुपैयाँ दरको एउटा सिक्का छाप्न २ रुपैयाँ ४१ पैसा पर्ने आउँछ ।

बोलपत्रमा सबैभन्दा कम रकम प्रस्ताव गरेकोले उक्त कम्पनी छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नर, डेपुटी गर्भनर, कार्यकारी निर्देशक सबै नगदरहित बैंकिङलाई प्रवर्धन गर्न भन्दै विभन्नि तरकारी तथा फलफूल पसल तथा टेम्पु र पशुपतिनाथको मन्दिरमा समेत डिजिटल भेटी प्रदानका लागि क्युआर कोड प्रदान गर्दै हिँडेको अवस्थामा सिक्का छाप्नु आफैँमा विरोधाभासपूर्ण देखिएको छ ।

यस्ताे छ राष्ट्र बैंककाे आशयपत्र 

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977060732″ /]

 

प्रतिक्रिया