रियलमीकाे ८ औँ सिरिजमा १ सय ८ मेगापिक्सेल क्यामेरा

काठमाडाैं । मोबाइल फोन उत्पादक कम्पनी रियलमीले ८ औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस सिरिजमा पहिलो पटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिनसक्ने गरी १ सय ८ मेगा पिक्सेल क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।

कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रम मार्फत् आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १ सय ८ एमपीको क्यामेराबारे जानकारी दिएको छ । ८ औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।

रियल ८ प्रोको क्यामेरा सामसुङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १/१.५२ सेन्सर र १२०००/९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ । यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीर खिच्न सकिन्छ । यसैगरी ‘एचएम२’ले‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’मोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट रउत्कृष्ट तस्वीरका लागि सक्षम रहेको कम्पनीको दाबी छ ।

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्ने र जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा नभएको बम्पनीको दाबी छ ।

रियलमी राखिएको सेन्सरसहितको १०८ एमपीको यस आधुनिक क्यामेराले सेवाग्राहीलाई थुप्रै अनुकूल र उत्साहजनक सुविधाहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया