बिएण्डसीले सम्बन्धन पाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका छन् ।

प्रसाईंको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन् । ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’

प्रतिक्रिया