राजादेखि विप्लवसम्मको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजनीतिमा क्रियाशील सबै दल र पक्षसँग वार्ता गर्नुपर्ने बताएका हुन् ।

यसका साथै अध्यक्ष थापाले सरकारले विप्लव नेकपासँग गर्न लागेको वार्ता सकारात्मक भएको बताएका छन् ।

‘नेकपा (माओवादी)विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो‚’ उनले ट्विटरमा लेखेका छन्‚ ‘यदि साँच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ ।’

प्रतिक्रिया