ताप्लेजुङको दोभानमा लागेको आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा मंगलबार भएको आगलागी नियन्त्रणबाहिर गएको छ ।

मंगलबार बिहानैदेखि सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन ।

दोभान बजार ताप्लेजुङको सदरमुकाम फुङलिङपछि दोस्रो ठूलो र व्यस्त बजार हो । बजारका प्रायः घरहरू जोडेर बनाइएका‚ काठ र टिनबाट निर्माण भएकाले आगलागीको झन् बढी जोखिम भएको स्थानीय प्रेम गुरागाईंले जनाएका छन् ।

आगो नियन्त्रणमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् ।

प्रतिक्रिया