रियल मड्रिड हारबाट जोगियो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियल सोसियडाडका पोर्टूले खेलको ५५औं मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औं मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए । योबराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ । बराबरीसँगै रियल म्याड्रिडले बार्सिलोनालाई उछिनेर दोस्रो स्थानमा जाने अवसर गुमाएको छ ।

ला लिगामा रियल म्याड्रिडको २५ खेलमा ५३ अंक रहेको र तेस्रो स्थानमै छ । त्यस्तै २५ खेलमा ५३ अंक नै भएको बार्सिलोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । लिगमा २४ खेलमा ५८ अंक हासिल गरेको एटलेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ । त्यसैगरी रियल सोसियडाडको भने २५ खेलमा ४२ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ ।

प्रतिक्रिया