कीर्तिपुरमा सानिमा बैंकको कार्यालय स्थापना

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंकाे कीर्तिपूरमा बैंक कार्यालय स्थापना गरेको छ । बैंकले सोमबार एक कार्यक्रम गरी कीर्तिपुर (पाङ्गा दोबाटो)मा बैंक कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको हो ।

उक्त कार्यालयको उद्घाटन गर्दै बैंकका ब्रान्ड प्रवर्द्धकद्वय वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले बधाई दिँदै विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको शुभकामना दिएका छन् ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञतासमेत व्यक्त गरे।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम संचालनमा छन्।

प्रतिक्रिया