प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सोमबार छाउनीस्थित विरेन्द्र अस्पतालमा प्रधानसेनापति थापाले खोप लगाएका हुन् ।

भारतले अनुदानमा दिएको खोप सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । त्यसपछि पनि सरकारले अरु १० लाख डोज खोप ल्याइसकेको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनक तथा सरसफाइकर्मी‚ एम्बुलेन्स तथा शव बाहन चालक र सहचालकहरू‚ अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायतलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया