नेकपा आधिकारिकताबारे तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले नेपाको पार्टीको आधिकारिकतासम्बन्धि विवाद जतिसक्दो छिटो टुँग्याउन आग्रह गरेको छ । सोमबार सिंहदरबारमा बसेको यो समुहको सचिवालय बैठकले दलको आधिकारिताका बारेमा पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रम बारे थप छलफल गर्नका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक बोलाउने निर्णय गरेपनि मिति भने तय भइनसकेको पनि उनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाउनुको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया