प्रतिनिधिसभा बैठक फागुन २३ मा बाेलाउन सिफारिस

काठमाडौँ । सरकारले प्रतिनिधि सभाको बैठक यही फागुन २३ गते राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा २३ गते दिउँसो ४ बजे आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो । सर्वोच्च अदालतले गत ११ फागुनमा संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया