सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए ।

१८ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीको सहभातिलाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा देशभरबाट १ सय २४ जना बैंकका कर्मचारीले लेख एनिमेशन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको नतिजा आइतबार सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बैंकका अधिकाशं कर्मचारीहरुले डिजिटली नै हाजिरी जनाएका थिए ।

कार्यक्रममा सिइओ गौतमले सबै प्रतियोगीलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीहरु माझ हर्ष र उत्साह सिजर्ना गर्ने बताए । आगामाी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिने समेत उनले प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया