नेप्सेमा ८० अँककाे पहिरो

काठमाडौं । नेपालको सेयर बजारमा आइतबार भारी गिरावट अएको छ । नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ बिन्दुमा ओर्लिएको छ । यसअघि झिनो करेक्सनका बीच लगातार उकालो लाग्दै २६ सय विन्दुलाई नाघेको परिसूचक २५ सय बिन्दुबाट तल ओर्लिएको हो ।

आइतबार ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा २ सय ७ कम्पनीका १ करोड ६० लाख कित्ता सेयर किनबेच भएको छ ।

आइतबार होटेल तथा टुरिजमबाहेकका सम्पूर्ण समूहगत सूचक ओरालो लागेका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ६ सय २४ अंकले ओरालो लागेको छ ।

घटेको बजारमा पनि चन्द्रागिरि हिल्स लिमिटेडको सेयर भने ९.८१ प्रतिशत अर्थात् ३७ रुपैयाँले बढेको छ । एसबाहेक अन्य दुई कम्पनीको २ प्रतिशत भन्दा बढी र अन्य दुई कम्पनीको १ प्रतिशतभन्दा सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया