चम्किलो अनुहारका लागि अण्डाको फेसप्याक

एजेन्सी । अण्डालाई सुपरफुड्स पनि भनिन्छ । याे शरीका लागि मात्र नभइ छालाका लागि पनि निकै लाभदायक मानिन्छ ।

अण्डाकाे सेताे भाग ब्यूटी ट्रिटमेन्टका रूपमा पनि प्रयाेग गरिन्छ । यसको सेतो भाग खनिज, भिटामिन र प्रोटीनले भरिएको हुन्छ, जसले छालालाई दाग रहित बनाएर सुन्दर बनाउने काम गर्छ ।

आउनुहोस्, अण्डाले कसरी अनुहारमा फाइदा पुर्‍याउँछ र यसको फेसप्याक कसरी बनाउन सकिन्छ, जानौँः

एन्टी एजिङ्ग फेस प्याक – अण्डाकाे सेताे भागकाे प्रयाेग एन्टी एजिङ्ग ट्रिटमेन्टकाे रूपमा पनि प्रयाेग गरिन्छ । यसकाे लागि अण्डाकाे सेताे भाग एक चम्चा लिनुहाेस् । यसमा २-३ थाेपा सुगन्धित शुद्ध तेल मिसाउनुहाेस् । अब यसलाई अनुहारकाे सबै भागमा लगाउनुहाेस् । यसले छालालाई कसिलाे बनाउनुका साथै छाउरीपना हटाउनेछ ।

दागरहित छालाका लागि फेस प्याक – अनुहारकाे दाग, धब्बा हटाउनका लागि एक चम्चा अण्डाकाे सेताे भागमा एक चम्चा चिनी र एक चम्चा मकैकाे पीठाे मिसाउनुहाेस् र लगाउनुहाेस् । यसले अनुहारकाे ब्लाकहेड्स र दाग-धब्बा हटाउँछ ।

यदि तपाईँको छाला ओइली छ भने त्यसमा एक चम्चा कागतीकाे रस र मह मिसाउनुहाेस् । यसले फाेहाेर हटाएर अनुहार सफा र चम्किलाे बनाउँछ ।

प्रतिक्रिया