रघुजी पन्तमा दरिद्र सोच रहेछ : कोमल वली

काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् ।

रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिडुँला देखाएर राष्ट्रिय सभा सदस्य भएको टिप्पणी गरेका थिए । पन्तले यसो भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

‘२० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको’ पन्तले भनेका छन् । ‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्,’ उनले अगाडि भनेका छन् ।

यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले पन्तमा दरीद्र भएको अहिले प्रमाणित भएको बताएकी छिन् ।

साथै उनले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी गरेकी छिन् । ‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् । वली राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समूहकी केन्द्रीय सदस्य हुन् भने पन्त प्रचण्ड-नेपाल समूहका नेता हुन् ।

प्रतिक्रिया