इन्भेष्टमेन्ट बैंकद्वारा सफलताको ३५ वर्ष पूरा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकप्रति एक्येबद्धता प्रकट गर्न ‘सम्मान र्याली’को आयोजना गर्याे । स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रवर्धनात्मक कर्जा योजना पनि वार्षिकोत्सवको अवसरमा सुरु गरेको छ ।
यस अवसरमा बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम), अनलाइन भुक्तानी र एसएमई, खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्ने जनाएको छ ।

यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक ‘हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ । असअघि नै बैंकले ‘चिडियाखानाको भ्रमण’ र ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,’ शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएको जनाएको छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि उक्त पुस्तकहरु प्रकाशन गरिएको बैंले जनाएको छ ।

बैंकका अनुसार स्थापनाको ३५ वर्षमा बैंकले २९ अर्ब रुपैयाँको पूँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्याइसकेको जानकारी दिएको छ । यस अवधिमा १ खर्ब ६९ अर्बको निक्षेप संकलन तथा १ खर्ब ५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रमा बैंकिङ सुविधा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पु¥याउँदै आएको छ ।

बैंकले ५ अर्बभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ । सीधा ऋण हजार भन्दा बढी व्यक्तिको लागि प्रदान गरेको छ ।

 

प्रतिक्रिया