सेन्सेइ ब्राण्डको ६५ इन्च फोरके युएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इओएलले सेन्सेइ ब्राण्डको ६५ इन्च फोरके युएचडी एन्ड्रोइड टेलिभिजन सार्वजनिक गरेको छ । ‘मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो’ ट्यागलाइन राखेर सेन्सेई ब्राण्डले बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरी उक्त नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

फोरके युयचडीमा रहेको उक्त एन्ड्रोइड टीभीमा ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता रहेको सिजीले जनाएको छ । टीभीमा २ वर्षको वारेन्टी रहेको जानकारी दिएको छ ।

चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डका इलेक्ट्रिोनिक उपकरणहरुको बिक्री गर्दै आएको छ । सिजीले सेन्सेई ब्राण्ड सन् २०१६ मा उत्पादन गरी बिक्री वितरण गर्न थालेको हो ।

सुरुवातमा नर्मल टिभिबाट नेपाली बजारमा बिक्री वितरण थालेको सेन्सेई ब्राण्डले हाल नर्मल, स्मार्ट, यूयचडी टिभी, अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर लगायतका प्रोडक्टहरु बिक्री गरिरहेको छ ।

सिजीले सेन्सेइ ब्राण्डका उत्पादनको नेपालमा बिक्री वितरण, बजारीकरण र ब्राण्डिङ गर्दै आइरहेको छ ।

प्रतिक्रिया