सर्वाेच्चको फैसला प्रतिगमन भाग दुई : अनेरास्ववियू

काठमाडौँ । ओली पक्षीय अनेरास्ववियूले सर्वोच्च अदालतको फैसलालाई प्रतिगमन भाग दुई भएको बताएको छ । सर्वाेच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदरको फैसला गरेको थियो ।

उक्त फैसलालाई अनेरास्ववियूले २०५२ सालमा भएको प्रतिगमनको दोस्रो भाग भएको भनेको छ । ‘संविधानवादको आधारभूत जगमा भन्दा पनि आग्रह र भावनामा बहकिएर २०५२ भदौ १२ को प्रतिगमनको भाग २ को रुपमा यो फैसला आएको छ भन्ने हाम्रो ठम्याई र निश्कर्ष छ,’ अनेरास्ववियूका संयोजक ऐन महरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले तोकेको वैशाख १७ र २७ गतेको निर्वाचनका लागि देश र जनता तयार भइसकेको अवस्थामा अदालतले राजनीतिक निर्णयमा भाँजो हाल्नु प्रतिगमन भएको अनेरास्ववियूको धारणा छ । सर्वोच्चको फैसलाको विरोध गर्दै अनेरास्ववियूले आफूहरु सबैखाले परिस्थितिको सामाना गर्न तयार रहेको बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया