कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसकाे पदाधिकारीकाे बैठक आज (बिहीबार) बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसाे ३ बजे बैठक बस्न बाेलाइएकाे हाे ।

पछिल्लो राजनितिक घटना क्रमपछि छलफलका लागि कांग्रेसकाे पदाधिकारी बैठक बस्न लागेको हो । बुधबार नेकपाको नेपाल-दाहाल समूहले देउवालाई निवासमै भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । उक्त छलफलमा सभापति देउवाले यसबारेमा पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

पदाधिकारी बैठकपछि देउवाले संसदीय दलको बैठक पनि छिट्टै बाेलाउने तयारी गरेका छन् ।

सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि अहिले नयाँ सरकार गठनकाे रस्साकस्सी चलेकाे छ । एकातिर नेपाल-नेपाल दाहाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेको छ भने अर्कोतिर ओलीले राजीनामा नदिने संकेत गरेका छन् । दुवै पक्षले एकजुट हुन नसक्ने भनिरहँदा समूहका केही नेताहरूले भने एकजुट भएर अघि बढ्न सुझाइरहेका छन् ।

प्रतिक्रिया