कपाल बलियो बनाउन घिउले यसरी गर्नुस् मसाज

काठमाडौं । घिउ स्वास्थ्यवर्द्धक भएका कारण भान्सामा यसको धेरै प्रयोग हुन्छ । रोटी बनाउँदा होस् अथवा दालको स्वाद बढाउन होस्, घिउको प्रयोग हुन्छ । पूजाआजामा पनि घिउ शुद्ध मानिन्छ ।

घिउमा धेरै पौष्टिक तत्वहरु पाइन्छन् जसले शरीरलाई शक्ति दिन्छ । केही मानिसहरु भने मोटोपना बढ्ने आशंकामा घिउदेखि टाढै रहन्छन् । यद्यपी यसको बेफाइदा भन्दा फाइदा धेरै छ ।

घिउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । टाउको र कपालका लागि पनि यो लाभदायी छ । घिउले टाउकोको मालिस गर्दा छाला ओसिलो हुनुका साथै कपालको जरा बलियो हुन्छ र कपाल झर्न रोकिन्छ । साथै घिउले कपाललाई चम्किलो समेत बनाउँछ ।

घिउकाे मसाजका अन्य फाइदाहरू :

– यदि तपाईँको कपाल फाटेको छ भने बढ्दैन । दैनिक घिउले टाउको मसाज गर्नुभयो भने यो समस्याबाट छुट्कारा पाउनुहुनेछ ।

– तपाईँलाई चायाँको समस्या छ भने घिउमा बदामको तेल मिसाएर दिनहुँ कपालको जरामा मसाज गर्नुहोस् । यसले चाँडै चायाँबाट छुट्कारा दिलाउने छ ।

– घिउमा जैतुनको तेल मिसाएर दिनहुँ मसाज गर्दा कपाल मुलायम र चम्किलो हुन्छ ।

– घिउमा अमला अथवा प्याजको रस मिसाएर मसाज गरेमा कपाल छिट्टै बढ्छ ।

– यदि तपाईँको कपाल सुख्खा र फुस्रो भएको छ भने घिउको मसाज गरेर कागतीको रस लगाएर आधा घण्टापछि कपाल धुनुहोस् । यस प्रक्रियाले कपाल सुख्खा हुने समस्याबाट छुट्कारा मिल्छ । – एजेन्सी

प्रतिक्रिया