अन्तरिम आदेश नदिएपछि सर्वोच्चसँग शंका थियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्छ भन्नेमा आफूमा शंका रहेको बताएका छन् ।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा माग भएअनुसार अन्तरिम आदेश नदिएपछि आफूलाई सर्वोच्चसँग शंका लागेको बताएका हुन् । त्यसै कारण संसद पुनःस्थापना भएपनि वा विघटन भएर चुनाव घोषणा भएपनि मान्ने प्रतिक्रिया दिनुपरेको देउवाको भनाइ छ ।

‘सर्वोच्चले स्टे अर्डर देला भनेको दिएन, त्यसपछि के होला के होला भन्ने लाग्यो मलाई, शंका थियो’, देउवाले भने, ‘त्यही भएर पुनःस्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ ।’

सभापति देउवाले देशमा कांग्रेस खोज्ने क्रम बढेको बताएका छन् । कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका हुन् । कांग्रेसबाट आशा गर्नु राम्रो पक्ष भएको उनले बताए ।

जनता, बुद्धिजिवी र पत्रकारले समेत कांग्रेस कता छ भनेर खोजेको भन्दै देउवाले कांग्रेसलाई खोज्नेहरुलाई धन्यवाद दिए ।

नेकपाका कानुनी रुपमा विभाजन नभई नसकेको र अझै एकै दल रहेको देउवाले बताए । नेकपाभित्र दुईवटा समुह देखिएपनि पार्टी कानुनी रुपमा अझै एकै रहेको र कांग्रेसले कहिल्यै पनि कुनै पार्टी फुटोस् भन्ने नचाहने देउवाको भनाइ छ ।

प्रतिक्रिया