ओलीको क्याम्पमा भुइँचालो गयो : पाण्डे

चितवन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता सुरेन्द्र पाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा भुइँचालो गएको बताएका छन् ।

बुधबार चितवनमा विजयी सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले यस्तो बताएका हुन् । ‘ओलीको क्याम्पमा भुइँचालो गइसक्यो’, नेता पाण्डले सम्बोधनको क्रममा भनेका छन्, ‘अब उताको साथीहरुलाई पनि जोखिम बढ्यो ।’

यस्तै नेता पाण्डेले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने पनि बताए । ‘अब ओलीजीले मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने, ‘अब सरकार छोड्नुस् । बाटो खुलाउनुस् ।’

ओलीले संसद् विघटन गरेपछि विस्तार गरेको केन्द्रीय समितिलाई सत्यनारायण पूजाको संज्ञा दिँदै पाण्डेले भनेका छन्, ‘कामहरु अवैधानिक तरिकाबाट हुँदै आएका थिए । अब सबै बन्द भयो ।’

प्रतिक्रिया