राजीनामा नदिए ओलीको दुर्गति हुनेछ : प्रचण्ड [भिडियोसहित]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए दुर्गति हुने बताएका छन्।

बुधबार चितवनमा आयोजना हुने प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भइसकेपछि पनि राजीनामा नदिए प्रधानमन्त्री ओलीको कसैको नभएको दुर्गति  हुने बताएका हुन्।


‘राजीनामा दिनुभएन भने तपाईंको कसैको नभएको दुर्गति हुनेछ,’ पत्रकारहरूसँग बोल्ने क्रममा अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले चालेको कदमले जनतामा ठूलो पीडा पैदा भएको बताउँदै अलिकति पनि लाज र नैतिकता भए राजीनामा दिन आग्रह गरेका हुन्।

उनले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा आएको सर्वोच्च अदालतको फैसलालाई साहसिक फैसलाको संज्ञासमेत दिएका छन्।

पत्रकारहरूसँग बोल्ने क्रममा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको साहसिक फैसलालाई स्वागत गर्दै न्यायाधीशहरूलाई बधाईसमेत दिएका छन्।

उनले अब राजनीतिक दलहरुबीच सहमति र सहकार्य गर्ने बताए। उनले आफूहरुको लडाइँ कुर्सीका लागि नभई संविधानको रक्षाका लागि भएको बताए।

प्रतिक्रिया