काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले सर्वोच्चको निर्णयको व्यहोरा संवैधानिक इजलाशमा सुनाइरहेका छन् ।
अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् ।
अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।