नेप्से २१ अंकले घट्यो

काठमाडौं । नेपाली शेयर बजार मंगलबार २१ अंकले घटेको छ । सोमबार ३२ अंकले घटेको बजार मंगलबार २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको हो ।

मंगलबार कारोबार शुरु भएदेखि नै घट्न थालेको नेप्से एकसमय २५२० विन्दुभन्दा तल झरेको थियो । फेरि केही बढेर बजार २५८६.५१ बिन्दुमा बन्द भएको हो ।

यो दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेर ४६७.९४ विन्दुमा झरेको छ।

मंगलबार ब्यापारबाहेक सबै उपसमुह घटेको छ । सबैभन्दा धेरै उत्पादन समुह ९६ अंकले घटेको छ भने निर्जिवन विमा समुह ५२ र अन्य समुह ५१ अंकले ओरालो लागेको छ । यस्तै बैकिङ समुह ७.७२ अंकले घटेको छ ।

मंगलबार २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

बजार घटेपनि मंगलबार, नेपाल फाइनान्स, अपी पावर र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

पछिल्ला ७ कारोबार दिनदेखि लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने मंगलबार ६६ रुपैयाँ घटेर ५९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर ७३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया