रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

काठमाडाैँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए । रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा एक एक गोल गरेका थिए भने वेस्टनले खेलको ६६औ मिनेटमा एक गोल गरेका थिए ।

यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिम विरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।

साथै रोनाल्डो युरोपका टप पाच लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन् । उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचले ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।

योजितपछि युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ । त्यस्तै क्रोटोनको भने २३ खेलमा १२ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

प्रतिक्रिया