संसद् पुनर्स्थापना भए सांसद किनबेच हुन्छ : प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए संसद्मा अनेकौं विकृतिहरु देखिने बताएका छन् । सोमबार कञ्चनपुरमा उद्योग ग्राम शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

संसद् पुनर्स्थापना भए विभिन्न विकृतिहरु देखिने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संसद् पुनर्स्थापना भए सांसद किनबेचसम्म हुनसक्छ । पुनर्स्थापना भए सबै दलले सरकार बनाउन खोज्ने भएकाले सांसद किनबेच लगायतका गतिविधि देखिन्छ ।’

संसद् पुनर्स्थापना समस्याको समाधान नभएको जिकीर गरेका प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भए थप समस्या निम्तिने बताए । ‘संसद् पुनर्स्थापना भएमा समस्याको समाधान हुँदैन’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘झन थपिन्छ मात्रै ।’

यस्तै फरक प्रसङ्गमा ओलीले गुमेको भूभाग फिर्ता ल्याएरै छोड्ने बताए । तथ्य र प्रमाणका आधारमा भारतसँग वार्ता भइरहेको बताउँदै ओलीले भने–‘नेपालको आफ्नो भूभाग फिर्ता ल्याएरै छाडिन्छ ।’

प्रतिक्रिया